महेन्द्रनगर । कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई सादा तारेखमा रिहा गरिएको छ ।
घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखमा रिहा गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका न्यायधिवक्ता खेम भट्टले प्रहरीले तत्काल पेश गरेका प्रमाणबाट विष्ट दोषी नदेखिएकाले उनलाई आफन्तको जिम्मा लगाउने अनुमति दिइएको बताए ।
प्रहरीले पेश गरेको डिएनए रिर्पोट नमिलेपछि विष्टलाई तत्कालका लागि आफन्तको जिम्मा लगाईएको उनले बताए। उनले् भने,‘बालिकाको यौनीबाट निस्केको रगत र विष्टको डीएन नमुना म्याच भएन र हाल सम्म पेश भएका प्रमाणका आधारमा विष्ट दोषी देखिएनन्।’
प्रहरीले घटनाको २४ दिनपछि भदौ ४ गते बिष्ट नै घटनाका मुख्यअभियुक्त भनेर पक्राउ गरेको थियो । तर प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेपछि तत्कालिन प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारी केन्द्र तानिएका थिए ।
गत साउनको दोस्रो साता १३ वर्षीया पन्तको शव साथी रोशनीको घरमा गएको भोलिपल्ट हत्या गरिएको अवस्थामा भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस