बुटवल। लुम्बिनी प्रदेशसभाको हिउँदो अधिवेशनलाई संशोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाङको देउखुरी आउने भएका छन् । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीले काठमाडौं गएर बुधवार प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेका हुन् ।
लुम्बिनी प्रदेशको हिउँदो अधिवेशन यही फागुन १८ गतेदेखि शुरू हुँदैछ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले १९ गतेका लागि प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्ने समय दिएको जानकारी दिए ।
‘सभामुखले तुलाराम घर्तीले गत वर्षदेखि नै पहल गर्नुभएको थियो,’ सचिव पुनमगरले भने, ‘अहिले आएर त्यो प्रयास सफल भएको छ । हामीले अधिवेशनको पहिलो दिन १८ गते नै ल्याउन खोजेका थियौं । तर त्यो दिन प्रधानमन्त्रीको अन्य कार्यक्रम रहेकाले १९ गते आएर सम्बोधन गर्ने बचन दिनुभएको छ ।’
यसअघि बुटवलमा भएको लुम्बिनीको अधिवेशनमा तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गरेका थिए । प्रदेशसभामा भीभीआईपी ल्याउँदा प्रदेशसभाको गरिमासमेत बढ्ने सचिवालयले आशा लिएको सचिव पुनमगरले बताए । प्रदेशसभाको नियमावलीमा पनि भीभीआईपीहरूलाई आमन्त्रण गर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ