बुटवल। लुम्बिनी प्रदेशसभाको हिउँदो अधिवेशनलाई संशोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाङको देउखुरी आउने भएका छन् । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीले काठमाडौं गएर बुधवार प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेका हुन् ।
लुम्बिनी प्रदेशको हिउँदो अधिवेशन यही फागुन १८ गतेदेखि शुरू हुँदैछ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले १९ गतेका लागि प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्ने समय दिएको जानकारी दिए ।
‘सभामुखले तुलाराम घर्तीले गत वर्षदेखि नै पहल गर्नुभएको थियो,’ सचिव पुनमगरले भने, ‘अहिले आएर त्यो प्रयास सफल भएको छ । हामीले अधिवेशनको पहिलो दिन १८ गते नै ल्याउन खोजेका थियौं । तर त्यो दिन प्रधानमन्त्रीको अन्य कार्यक्रम रहेकाले १९ गते आएर सम्बोधन गर्ने बचन दिनुभएको छ ।’
यसअघि बुटवलमा भएको लुम्बिनीको अधिवेशनमा तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गरेका थिए । प्रदेशसभामा भीभीआईपी ल्याउँदा प्रदेशसभाको गरिमासमेत बढ्ने सचिवालयले आशा लिएको सचिव पुनमगरले बताए । प्रदेशसभाको नियमावलीमा पनि भीभीआईपीहरूलाई आमन्त्रण गर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने
लुम्बिनीको वन मन्त्रालयका अधिकृतद्वारा मापसे गरेर चालकमाथि हातपात
प्रधानमन्त्री ओली सहभागी कार्यक्रम लुम्बिनीका मन्त्री र सांसदले गरे बहिष्कार
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य
पीएम कपको उपाधिका लागि आर्मी र पुलिस भिड्ने
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य