राप्रपाको मागलाई उपेक्षा गरिए विद्रोहमा परिणत हुन्छ : राजेन्द्र लिङ्देन

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, १५ : ३८
राप्रपाको मागलाई उपेक्षा गरिए विद्रोहमा परिणत हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मागलाई सरकारले उपेक्षा गरे विद्रोहमा परिणत हुने चेतावनी दिएका छन् ।बुधवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे ज्ञापन पत्र बुझाएपछि उनले यस्तो बताएका हुन् । उनले औपचारिक रूपमा जनदबाबका कार्यक्रम सुरु गरेको बताए ।

उनले ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको बताए । देश धेरै नै बिग्रिसकेको बताउँदै लिङ्देनले अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गरे ।

उनले देशलाई नवीन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको बताए । उनले सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापन पत्रमा सुझाव दिएको बताए । उनले अभिभावकीय संस्थाको रूपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनुपर्ने आफूहरूको माग रहेको बताए ।

लिङ्देनले धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौती गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने बताए । उनले बैंकको ब्याज एकल अंकमा झार्नुपर्ने सुझाव दिएको पनि बताए । 

 

 

प्रतिक्रिया दिनुहोस