कुशल भुर्तेलले लिए नामिबियाको छैटौँ विकेट

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, १४ : २८
कुशल भुर्तेलले लिए नामिबियाको छैटौँ विकेट

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले छैटौँ विकेट गुमाएको छ । नामिबियाको छैटौँ विकेट कुशल भुर्तेलले लिएका हुन् ।

कुशल भुर्तेलले नामिबियाका सातौँ नम्बरका ब्याट्सम्यान जन निकोल लफ्टी एटनलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका हुन् । २८.४ ओभरमा जन निकोल आउट हुँदा नामिबियाले एक सय १८ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस