सात महिनामा आयो २८ अर्बको खाद्यान्न

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, १३ : ०५
सात महिनामा आयो २८ अर्बको खाद्यान्न

काठमाडौँ । चालु आर्थिक वर्षमा २८ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा २८ अर्ब २१ करोड १६ लाख रुपैयाँको खाद्यान्न आयात भएको हो । गत वर्ष सात महिनामा ७४ अर्ब २८ करोड ३७ लाख रुपैयाँको खाद्यान्न आयात भएको थियो । यो करिब ४९ अर्ब रुपैयाँ कम हो ।

साउनयता नेपालबाट ६८ लाख १८ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । नेपालले २८ अर्ब २० अर्ब ४८ लाख रुपैयाँ व्यापार घाटा भएको छ । खाद्यान्नको अन्तर्राष्ट्रिय व्यापारबाट नेपालले १अर्ब ७९ करोड ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

नेपालमा अर्जेन्टिना, भारत, थाइल्यान्ड, ब्राजिल, चीन, टर्कीलगायत मुलुकबाट मकै आयात गरिएको गरिन्छ । यस्तै, बासमती चामल चीन, भारत, इन्डोनेसिया, इटाली, जापान, थाइल्यान्डबाट आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस