सिटीले ब्रेन्टफोर्डलाई हरायो, हालान्डको निर्णायक गोल

एजेन्सी

बुधबार, ०९ फागुन २०८०, १० : १२
सिटीले ब्रेन्टफोर्डलाई हरायो, हालान्डको निर्णायक गोल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार बिहान सकिएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा एर्लिङ हालान्डले एकमात्र निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हालान्डले ७१ औं मिनेटमा गोल गर्दै सिटीलाई जीत दिलाएका हुन् । 

जितसँगै सिटी २५ खेलबाट ५६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस