पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
लु२ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुङ्गाखानीतर्फ जाँदै गरेको टिपर माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थित रहवास खैरेनी सडकखण्डमा सोमबार दुर्घटनामा परेको हो।
घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ फागुन २०८०, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु