तनहुँ । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो ।
दुर्घटनामा परी अरू ६ जना घाइते छन् । डिएसपी खाँणका अनुसार दुर्घटनापछि घाइतेहरूलाई प्राथमिक उपचार पश्चात् थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा परी एउटै वडाका (इच्छाकामना गाउँपालिका–५) का डम्बरबहादुर गुरुङ, कमल गुरुङ, रुद्रबहादुर चेपाङ र जित गुरुङ घाइते भएका छन् ।
दुर्घटनामा सोही गाउँपालिकाको वडा नं. ६ का रूपक गुरुङ र भरतपुर महानगरपालिका–२९ का टेस्टबहादुर गुरुङ घाइते भएका छन् । घाइतेहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु