एजेन्सी । दिल्लीमा बिहीबार भएको आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले शुक्रबार बताएका छन् ।
अधिकारीका अनुसार आगलागीका कारण शवहरू पहिचान गर्न नसक्ने गरी जलेकाले मृतकको पहिचान हुन सकेको छैन । आगलागीका सबै पीडितहरू कारखानाका मजदुरहरू थिए ।
दुर्घटनामा दिल्लीका एक प्रहरी र दुई महिलासहित चार जना घाइते भएका छन् । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
आगलागी उत्तरपश्चिम दिल्लीको आवासीय क्षेत्रको छेउमा अवस्थित रङ (पेन्ट) उत्पादन गर्ने कारखानामा भएको हो । आगलागीका कारण वरपरका घरहरू प्रभावित भएका छन् भने अग्निनियन्त्रण विभागका कर्मचारीहरूको निरन्तरको सहयोगमा कम्तीमा चार घण्टापछि शुक्रबार बिहानसम्ममा आगो नियन्त्रणमा आएको थियो ।
नजिकैका घरहरू तथा पसलहरूमा आगो लागेपछि ठूलो विस्फोटको आवाज सुनिएको तर आगलागीको कारण अहिलेसम्म थाहा हुन नसकेको स्थानीयहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०४ फागुन २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि