बैतडी । रूखले च्यापिएर बैतडीमा आज एकजनाको मृत्यु भएको छ। मुत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका-५ अडतोलाका १९ वर्षीय प्रकाश पाण्डेय रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।
घरनजिकै रहेको जंगलमा सल्लाको रूख काटिरहेका प्रकाशलाई रूखले च्यापेको थियो।
बिहान ११ बजे रूखले च्यापिएर घाइते भएका प्रकाशलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा मृत घोषणा गरेको थियो। प्रकाशको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट रहेको थियो। मृतकको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
प्रकाश सिद्धेश्वर मावि पाटन-१ मेल्चोरामा कक्षा १० मा अध्ययनरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु