भैरहवा । फागुन लागकैदिन पाल्पामा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका छन् । १३ जनाको सिट क्षमता रहेको जीपमा २७ जना यात्रु सवार रहेका थिए । जीप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु पर्यो । सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ । बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ ।
गत माघमा दाङको भालुवाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । तीव्र गतिमा रहेको बस ट्राफिक प्रहरीलाई छल्दै सोझै राप्ती नदीमा खसेको थियो । यी घटनाहरु त प्रतिनिधिमूलक घटनामात्र हुन् । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो चालु आर्थिक वर्षको ६ महिनामा २८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ ।
फागुनमा मात्रै २२ जनाले ज्यान गुमाएको र घाइतेको गम्भीर अवस्थालाई हेर्दै यो संख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मणिपुरमा भारतीय प्रहरीमाथि कुकी समूहको आक्रमण, २ जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुई जनाको मृत्यु
मणिपुरको सीआरपीएफ क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु
चितवनमा आफै चढेको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु