एजेन्सी । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनले आज अर्थात् शुक्रबार भारत बन्दको घोषणा गरेका छन्।
संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानअन्तर्गत उक्त बन्द घोषणा गरिएको हो।
बीबीसी हिन्दीका अनुसार संयुक्त किसान मोर्चाले किसानको मागलाई समर्थन गर्ने सबै संगठनलाई भारत बन्द गर्न अपिल गरेको छ। त्यसमा देशभरका केही श्रमिक संगठनको पनि सहभागिता रहनेछ।
यस बन्दमा सहभागी हुन दिल्लीतर्फ लागेका पञ्जाबका केही किसानहरूलाई हरियाणामा अम्बाला नजिकै रोकियो। उनीहरुलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए।
भारत बन्दलाई मध्यनजर गर्दै राजधानी दिल्लीलगायत धेरै राज्यमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ। दिल्ली पुलिसका अनुसार प्रदर्शनकारीलाई दिल्ली प्रवेश गर्नबाट रोक्नको लागि पूर्ण व्यवस्था गरिएको छ।
किसानको अर्को संगठन संयुक्त किसान मोर्चा (गैरराजनीतिक) ले पनि भारत बन्दमा सहभागी हुन जनतालाई अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०४ फागुन २०८०, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संयुक्त विद्यार्थी संगठनले गर्यो आन्दोलन घोषणा
सुदन गुरुङले जाँचबुझ आयोगलाई दिए बयान
जाँचबुझ आयोगद्धारा ओली र लेखकलाई पत्र पठाउने तयारी
मिराजको नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा
भोलि शैक्षिक हड्ताल घोषणा
बारा तनाव : जेनजीका माग ३ दिनभित्र सम्बोधन गर्ने सहमति