काठमाडौ । सरकारले विगत छ महिनामा विभिन्न मालवस्तुको आयात र करबापत करिब साढे ४५ अर्ब रुपियाँ छुट दिएको छ । त्यसमध्ये विभिन्न मालवस्तुको आयातमा मात्रै ३५ अर्ब रुपियाँभन्दा बढी महसुल छुट प्रदान गरिएको छ ।
पुससम्म छ खर्ब २१ अर्ब ६८ करोड रुपियाँको मालवस्तु आयात भएकामा ३५ अर्ब ६६ करोड २८ लाख रुपियाँ महसुल छुट प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
आर्थिक ऐन र भन्सार ऐनमा व्यवस्था भएबमोजिम सो बराबरको छुट प्रदान गरिएको मन्त्रालयले उल्लेख गरेको छ । आर्थिक ऐनले गैरनाफामूलक सार्वजनिक तथा सामुदायिक संस्था, सङ्घ प्रदेश र स्थानीय सरकार अन्तर्गतका निकाय वा नेपाल सरकारको स्वामित्व भएका सङ्गठित संस्था, वैदेशिक ऋण वा अनुदान सहयोगमा सञ्चालन गरिने आयोजनाका लागि वा नेपाल सरकार वा लगानी बोर्डसँग भएको आयोजना विकास सम्झौताबमोजिम परियोजना विकासका लागि आयोजना वा आयोजनाले नियुक्त गरेका ठेकेदारको नाममा आयात हुने मालवस्तुको आयातमा सर्तको अधीनमा रही दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन, आंशिक वा पूर्ण रूपमा छुट वा सहुलियत दिन सक्ने व्यवस्था गरेको छ । गोरखापत्रमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०४ फागुन २०८०, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरबाटै काम गर्न सरकारको आह्वान
फेवातालको अतिक्रमण क्षेत्रमै गृहमन्त्री सुधन गुरुङको २० रोपनी जग्गा !
आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने सरकारको निर्णय
सर्वोच्चलाई सरकारको जवाफ– पूर्वप्रधानमन्त्री भन्दैमा ओलीलाई उन्मुक्ति दिन मिल्दैन
सरकार विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छः सञ्चारमन्त्री तिमिल्सिना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा गृहमन्त्री