काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ ।
सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौँको जिम्मेवारी प्रदान गरिएको हो ।
केन्द्रीय नेताहरू ध्रुव विष्ट (भक्तपुर), शिव देउजा (काभ्रेपलाञ्चोक), भगवती नेपाल (सिन्धुपाल्चोक), शिव भण्डारी (दोलखा), देवशङ्कर पौडेल (रामेछाप), गङ्गा नेपाल (सिन्धुली), ललित बस्नेत (मकवानपुर), केशवलाल श्रेष्ठ (चितवन), राजेन्द्र लोहनी (नुवाकोट), साङ्गेतेम्बा लामालाई (रसुवा) को जिम्मेवारी तोकिएको कमिटी अध्यक्ष तथा पार्टी स्थायी कमिटी सदस्य सावित्रा भुसालले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?