काठमाडौँ । त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा. डा. शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रगतिको लागि विश्व विद्यालय सधैँ तत्पर रहेको बताएका छन् ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको समुद्घाटन समारोहमा उनले भवन प्राप्त भएसँगै विभागलाई चुनौतीहरु पनि थपिएको भन्दै यसको स्तर उन्नतीको लागि सबै एकजुट भएर लाग्न आग्रह गरेका छन् ।
उनले भने, ‘यो भवन प्राप्त भएसँगै विभागका साथीहरुलाई चुनौतीहरु पनि थपिएका छन्, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग त्रिविको महत्वपूर्ण विभाग हो यो क्षेत्रको, विश्वमा हुने नयाँ परिवर्तन, विकास, उपलब्धीहरुलाई समेटेर ती प्रवृत्तिलाई देशभित्र व्यवस्थित रुपले अनुसन्धानमा भित्राउने काम यो विभागको जिम्मेवारीमा छ । यो विभागको स्तर उन्नति गर्ने दिशामा सबैजना एकध्यान भएर लाग्ने छौँ, त्यसमा विश्व विद्यालयको तर्फबाट गर्नुपर्ने काममा सधैँ तत्पर नै रहन्छ ।’
यस्तै, उनले धेरै लामो सङ्घर्षपछि विभागको छुट्टै भवनको निर्माण भएको भन्दै यसबाट अब सहजताको वातावरण निर्माण हुने पनि बताए । उनले भने, ‘धेरै लामो सङ्घर्षपछि यो पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको छुट्टै भवनको निर्माण भएको छ । प्राध्यापक, कक्षाकोठाको व्यवस्थापन जस्ता कुराहरुमा अलि खुम्चिएर बस्नु पर्ने अवस्था हामी सबैले भोगेका थियौं । अहिले त्यो अवस्थाबाट केन्द्रीय विभागले एउटा आफ्नो विशिष्ट सुविधासहितको भवन प्राप्त गरेको छ । यसबाट सहजताको वातावरण निमार्ण हुँदै जान्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शपथ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा भरत खत्री नियुक्त
त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त
ठप्प भयो त्रिवि, उपकुलपति, रेक्टर, रजिस्ट्रार कार्यालय र सेवा आयोगमा तालाबन्दी
कुलपति बरालको राजीनामा फिर्ताको प्रस्ताव लिएर पोखरा पुगे त्रिविका रेक्टर र रजिस्ट्रार
स्वदेशमा नै रोजगारी सिर्जना गर्ने शैक्षिक कार्यक्रम आवश्यक : उपकुलपति प्रा.डा. थपलिया