पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा मृत्यु भएका सबै १० जनाकै सनाखत भएको छ। आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ।
तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मङ्गलबार साँझ दुर्घटना भएको हो। आफैँ अनियन्त्रित भएर जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।
दुर्घटनामा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ–६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपालको मृत्यु भएको हो।
यसैगरी तिनाउँ–२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका– १ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका–५ का २९ वर्षीया दिलमाया जिसीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। जिप चालक तानसेन नगरपालिका–१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते