नाइजेरियामा ३०७ जना अपहरणकारी समातिए

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, १५ : २४
नाइजेरियामा ३०७ जना अपहरणकारी समातिए

काठमाडौँ। अबुजा– नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई समातेको छ ।

संघीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार सम्मेलनमा दिएको जनाकारीअनुसार खोजतलास अबुजाको देई–देई–जुबा अक्षको क्षेत्र गिदान डाम्बेमा गरिएको थियो । त्यस क्षेत्रमा छिमेकी नाइजरबाट शंकास्पद रूपमा अपहरणकारीहरूको बसोबास रहेको बताइएको छ।

 

त्यस क्षेत्रमा छापा मार्दा २९३ पुरुष र १४ महिला संदिग्ध अपरहणकारीहरूलाई पक्राउ गरिएको इग्वेहले बताएका छन् ।

 

संदिग्धहरूबाट हातहतियार र अन्य खरखजाना बरामद भएको बताइएको छ ।  प्रहरीले छापा मार्दा उनीहरूको साथबाट अवैध लागुऔषध तथा आपराधिक कार्यमा प्रयोग हुने मोटरसाइकल समेत फेला परेको छ।संदिग्ध व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस