‘कर्जा जोखिम भारको दरलाई तोडमोड’ शीर्षकको समाचार भ्रामक : एनआईसी एशिया बैंक

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, ११ : ५७
‘कर्जा जोखिम भारको दरलाई तोडमोड’ शीर्षकको समाचार भ्रामक : एनआईसी एशिया बैंक

काठमाडौं। ​​एनआईसी एशिया बैंकले ‘कर्जा जोखिम भारको दरलाई तोडमोड’ शीर्षकको समाचार भ्रामक रहेका जनाएको छ ।बैंकले मंगलवार एक विज्ञप्ति जारी गर्दै बैंकका बारेमा केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

‘हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा प्रकाशित भ्रामक समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस