फिल्म ‘लालसलाम’ मा रजनीकान्तकाे पारिश्रमिक प्रति मिनेट १ करोड

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, ०९ : २८
फिल्म ‘लालसलाम’ मा रजनीकान्तकाे पारिश्रमिक प्रति मिनेट १ करोड

एजेन्सी  । जहिल्यै उनका फ्यानहरू रजनीकान्तको फिल्मको उत्सुकताका साथ प्रतीक्षा गर्छन्। 

उनको कुनै पनि फिल्म रिलिज हुनुअघि नै बज बनाइन्छ । लाल सलाममा पनि यस्तै भएको छ । चलचित्रको टिजर रिलिज भएदेखि नै चलचित्रको सनसनी मच्चिएको थियो । रजनीकान्त लाल सलाममा केमियो गर्दै देखिएका छन् । यो फिल्म रजनीकान्तकी छोरी ऐश्वर्याले निर्देशन गरेकी हुन् । 

उता, भारतीय सञ्चारमाध्यमलाइ विश्वास गर्ने हो भने रजनीकान्तले यस फिल्ममा क्यामियो गर्नका लागि ठूलो पारिश्रमिक लिएका छन् । यो सुनेपछि सबैको होश उडेको अवस्था छ किनभने उनले सो रकम आफ्नै छोरीबाट लिएका हुन् ।

लाल सलाममा रजनीकान्तको करिब ४० मिनेटको भूमिका छ। जसको लागि उनले प्रति मिनेट शुल्क लिएका छन्। रजनीकान्तले फिल्ममा अभिनय मात्र गरेनन्, फिल्मको संवादमा पनि सहयोग गरेका थिए । तर, फिल्म रिलिज भएको ४ दिन बितिसकेको छ भने फिल्मले १० करोड मात्रै कमाएको छ । प्रारम्भिक तथ्यांक हेर्दा चलचित्रले बजेटको सानो हिस्सा पनि उठाउन नसक्ने देखिन्छ । ट्रैकटलीवुड डट कमका अनुसार  रजनीकान्तको फिल्ममा ३०–४० मिनेटको क्यामियो छ। जसका लागि उनले १ मिनेटको लागि १ करोड रुपैयाँ लिएका छन, जसको अर्थ उनले करिब ४० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् । 

एआर रहमानले फिल्मको म्युजिक लञ्चमा पनि तमिल सुपरस्टारले संवादमा धेरै सहयोग गरेको बताएका थिए । इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार एआर रहमानले भनेका थिए,  ‘जब ऐश्वर्याले उनलाई फिल्मको कथा सुनाइन्, उनले सोचे कि यो फिल्म बोरिङ हुनेछ । तर जब मैले यो फिल्म हेरे । मलाई निराशाजनक र प्रचार गर्ने सोचेका दृश्यहरू धेरै सावधानीपूर्वक ह्यान्डल गरिएका थिए र हृदयस्पर्शी थिए। त्यसपछि मैले उनलाई फिल्मको संवाद कसले लेखेको भनेर सोधें, उनले भने, ‘मैले लेखेँ र आप्पाले अलिकति परिवर्तन गरे ।

मैले बुझें कि यो उनको बुद्धि थियो। सबै कुराको सम्मान गर्ने भएकाले उनले राम्रो अनुसन्धान गरेका छन् र धेरै दुर्लभ कुरा भनेका छन् ।

लाल सलामको कुरा गर्दा यो स्पोर्ट्स ड्रामा फिल्म हो, जसमा विष्णी र विक्रान्त मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म गत फ्रेबुअरी ९ बाट हलमा रिलिज भएको छ । तर, कमाइ भने अपेक्षित रूपमा गर्न नसकेर निराश बनाएको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस