१३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, ०१ फागुन २०८०, ०७ : ४४
१३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। 

विभिन्न ११ वटा सार्वजनिक निकायले लेखेको पत्रका आधारमा कार्यालयले मंगलबार ७ दिने स्पष्टीकरण सोधेको छ । 

यसअघि सार्वजनिक निकायले कालोसूचीमा राख्न भनि सिफारिस गरेपछि कार्यालयले वास्तविकता बुझ्न ३० दिनको समय दिएर पत्रचार गरेपनि जवाफ प्राप्त नभएको सूचनामा उल्लेख  छ ।

प्रतिक्रिया दिनुहोस