काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइए/नलिइएकोबारे सरकारसँग प्रश्न गरेका छन् ।
सार्वजनिक जग्गा हिनामिनामा पक्राउ परेका च्याम्पियन फूटवेयरका शेयर सदस्य अरुण चौधरीसरह शेयर रहेका विनोदसँग बयान किन नलिएको भनेर लामिछानेले प्रश्न गरेका हुन् ।गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्त कुँवर समेत उपस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा लामिछानेले चौधरीसँग बयान लिए/नलिएकोबारे प्रश्न गरे ।
‘अरुण चौधरीकैसरह शेयर भएका सत्तारुढ दलका सांसद विनोद चौधरीलाई अनुसन्धानको दायरामा राखेर बयान लिन सकिन्थ्यो होला, बयान लिइयो कि लिइएन ?’ रविले प्रश्न गरे । यसअघि प्रतिनिधि सभा बैठकमा नेमकिपा सांसद प्रेम सुवालले पनि बाँसबारी जग्गा घोटालामा कांग्रेस सांसद चौधरीको संलग्नता रहेको बताएका थिए ।
बैठकमा गृहमन्त्री श्रेष्ठले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलाई दुई दिनभित्र छाड्नु भन्ने जिल्ला अदालत काठमाडौंको आदेश इतिहासमै नौलो भएको भन्दै असन्तुष्टि जनाए ।
प्रहरीले बाँसबारी जग्गा घोटालाको अनुसन्धान गरिरहेको समयमा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका विनोद चौधरी भारतको राजधानी नयाँ दिल्ली पुगेका थिए । विनोद अरुणसरह शेयर होल्डर रहेको विवरण लोकान्तरले सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट