बादल घिमिरेको ‘कसम तोड्ने भा’ सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, २६ माघ २०८०, ११ : १२
बादल घिमिरेको ‘कसम तोड्ने भा’ सार्वजनिक

काठमाडौं। सर्जक एवं मोडल बादल घिमिरेले नयाँ गीत ‘कसम तोड्ने भा’ सार्वजनिक गरेका छन् । रामजी खाँण र मेलिना राईको स्वर रहेको गीत बिहीवार बेलुका युट्युबमा सार्वजजिक गरिएको हो ।गीतको भिडियोमा बादल घिमिरे र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय छ ।

यसमा रेखा खरेलको शब्द, बादलकै संगीत, विशाल निरौलाको संगीत संयोजन छ । यो प्रेम विरहको गीत हो । विशाल घिमिरेको कथा एवं निर्देशनमा भिडियो बनेको हो । 

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा पदम सुवेदीले सम्पादन, मिलन विश्वकर्माले कलर ग्रेडिङको काम गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस