जनकपुरधाम। स्कुल बसको ठक्करबाट जनकपुरधाममा एकजनाको मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ८ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं। २३ बेला स्थित बा २ क ७६० नम्बरको स्कुल बसले साइकमा सवार भारतको मधुवनी जिल्ला घर भइ जनकपुरधाम २३ मा बस्दै आएका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
बसको ठक्करबाट घाइते भएका कवारीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता अवाले बताए ।
गाडी चालक महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का अन्दाजी २७ वर्षीय रामजस मण्डल र बस प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता अवाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ माघ २०८०, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मणिपुरमा भारतीय प्रहरीमाथि कुकी समूहको आक्रमण, २ जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुई जनाको मृत्यु
मणिपुरको सीआरपीएफ क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु
चितवनमा आफै चढेको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु