काठमाडौँ । इजाजतपत्र (लाइसेन्स) नलिई घरजग्गा कारोबार गर्न नपाइने भएको छ । लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिबाना र ६ महिना कैद हुने भएको हो । इजाजतपत्र बिना घरजग्गा कारोबार गर्न नपाइने गरी मालपोत ऐन संशोधन सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।
बुधबार प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ । उक्त विधेयक मार्फत मालपोत ऐन संशोधन गर्दै सरकारले तोकेको क्षेत्रमा तथा सरकारले तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ
लाइसेन्सको लागि प्रयोग हुने ६ लाख कार्ड आज नेपाल आइपुग्दै
अब तीन दिनभित्र लाइसेन्स पाइने
ट्राफिक चेकजाँचमा अब नागरिक एपमा लाइसेन्स देखाउँदा हुने
मेनपावर व्यवसायीको लाइसेन्स खारेज गर्ने महानिर्देशकको निर्णय श्रममन्त्रीद्वारा खारेज
बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो