दक्षिण अफ्रिकाविरुद्ध न्यूजिल्याण्ड २८१ रनले विजयी

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, ११ : ४०
दक्षिण अफ्रिकाविरुद्ध न्यूजिल्याण्ड २८१ रनले विजयी

काठमाडौँ । न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई पहिलो टेस्टमा २८१ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ । टेस्टको चौथो दिन ५२९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २४७ रन मात्र बनाएपछि खेल २८१ रनले हारेको हो ।

यस अघि न्यूजील्याण्डले पहिलो इनिंगमा ५११ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो इनिंगमा १६२ रन बनाएको थियो । त्यस्तै न्यूजील्याण्डले आफ्नो दोस्रो इनिंगमा ४ विकेट गुमाउदै १७९ रन बनाएर पारी घोषणा गरेको थियो ।

यो जितपछि न्यूजील्याण्डले २ खेलको टेस्ट सिरिजमा १-० ले अग्रता हासिल गरेको छ । अब दोस्रो टेस्ट फेब्रुअरी १३ देखि शुरु हुदै छ ।
  

प्रतिक्रिया दिनुहोस