बुटवल। पाल्पामा एकै दिन तीन जना मृत फेला परेका छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका–८ काहुलेका ५३ वर्षीय अमर बहादुर गाहा र उनकी श्रीमती ४२ वर्षीया श्यामकला गाहा सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
श्रीमान एउटा कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती अर्को कोठामा ओछ्यानमा सुतेको अवस्थामा मृत फेला परेको श्रेष्ठले बताए ।
खबर प्राप्त गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यस्तै रिब्दीकोट वडा नम्बर २ दम्बकका ६५ वर्षीय भक्तबहादुर सार्की पनि मृत फेला परेका छन् । उनी आफ्नै गोठको दोस्रो तलामा सोमवार मृत अवस्थामा फेला परेको डीएसपी श्रेष्ठले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ माघ २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु