त्रिवि उपकुलपतिको सर्ट लिस्टमा १२ देखि १५ जना पर्ने

पत्रपत्रिकाबाट

मंगलबार, २३ माघ २०८०, ०८ : ११
त्रिवि उपकुलपतिको सर्ट लिस्टमा १२ देखि १५ जना पर्ने

काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्ट लिस्ट भोलिसम्म सार्वजनिक हुने भएको छ।

उपकुलपति छनोटसम्बन्धी कार्यविधि २०८० मा उल्लेख भएअनुसार बढीमा ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको चारवर्षे व्यावसायिक कार्ययोजना पेस गरेका छन्।

सोही कार्यविधिको अध्ययन र मूल्याङ्कन गर्न ५ जना विज्ञ छनोट गरेको छ । कोडिङ गरिएका दुईवटा पेपर अध्ययन गरी नम्बर दिन समय लागेका कारण हालसम्म सर्ट लिस्ट सार्वजनिक हुन सकेको छैन। मन्त्रालयले नाम गोप्य राखेर व्यावसायिक कार्यपत्र मूल्याङ्कन गर्न २ र सोचपत्र अध्ययन गर्न ३ जना विज्ञ खटाएको छ।

‘सकभर आज मंगलबारसम्ममा सर्ट लिस्ट सार्वजनिक गर्नेछौं’ –उपकुलपति छनोट समितिका सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारीले भने।

सकेसम्म मंगलबार केही समस्या आइनपरे बुधबारभित्र सर्ट लिस्टमा परेका १२ देखि १५ जनाको नाम सार्वजनिक गर्ने सचिव अधिकारीले बताए । नेपाल समाचारपत्रमा खबर छ ।