राष्ट्रियसभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

सफल खबर संवाददाता

सोमबार, २२ माघ २०८०, १४ : ४७
राष्ट्रियसभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रियसभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सांसद दिलकुमारी रावल थापाले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेकी हुन्।

राष्ट्रियसभाको नियमावली २०७५ को नियम ६६ बमोजिम सवारी दुर्घटना न्यूनीकरणको कारण उल्लेखसहित सांसद थापाको प्रस्ताव दर्ता भएको छ । उनकाे प्रस्तावमा नेकपा एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहित सबै दल र स्वतन्त्र सांसदहरुले समर्थन गरेका छन् ।

प्रस्ताव पेश गर्नुको ६ बुँदे कारण औंल्याउँदै उनले भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य र अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।