काठमाडौं । राष्ट्रियसभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सांसद दिलकुमारी रावल थापाले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेकी हुन्।
राष्ट्रियसभाको नियमावली २०७५ को नियम ६६ बमोजिम सवारी दुर्घटना न्यूनीकरणको कारण उल्लेखसहित सांसद थापाको प्रस्ताव दर्ता भएको छ । उनकाे प्रस्तावमा नेकपा एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहित सबै दल र स्वतन्त्र सांसदहरुले समर्थन गरेका छन् ।
प्रस्ताव पेश गर्नुको ६ बुँदे कारण औंल्याउँदै उनले भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य र अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी
राष्ट्रियसभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान
राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची