काठमाडौँ । जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासू बुहारी हुन् ।
एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका-१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए ।
उनकाअनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसास्सिएर उनीहरूको मृत्यु भएको खुलेको छ । बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगोमा जलेर २ जनाको मृत्यु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो