साफ यू-१९ फुटबलमा नेपालको पहिलो जित

सफल खबर संवाददाता

आइतबार, २१ माघ २०८०, १९ : ४८
साफ यू-१९ फुटबलमा नेपालको पहिलो जित

काठमाडौं । साफ यू-१९ वुमन्स च्याम्पियनसिपमा भुटानसँगको खेलमा नेपाल विजयी भएको छ । बंगलादेशको बीएसएसएमके स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १–० ले हराएको हो ।

नेपालका लागि सेनु परियारले निर्णायक गोल गरिन् । उनले खेलको ५४ औं मिनेटमा गरेको गोल नै नेपालका लागि विजयी गोल सावित भएको हो । यसअघि पहिलो खेलमा भने नेपाल घरेलु टिम बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । भारत, बंगलादेश, भुटान र नेपाल सम्मिलित यस प्रतियोगितामा नेपालले मंगलबार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस