काठमाडौं। अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा भएको छ ।अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार शुक्रवार राति अर्थ मन्त्री डा. प्रकाशशरण महतले सरुवा गरेका हुन् ।
अर्थ मन्त्रालयकै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बराललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको रूपमा सरुवा गरिएको छ ।त्यसै गरी आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा पठाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेलाई अर्थ मन्त्रालयमा ल्याइएको छ । उनको स्थानमा सेवन्तक पोखरेललाई पठाइएको छ ।मन्त्रालयको प्रशासन महाशाखा प्रमुख महेश आचार्यलाई आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरिएको छ ।
नारायण प्रसाद रिसाललाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ माघ २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
अर्थ मन्त्रालयमा पुग्यो नेपालमा एमसीसी निरन्तरताको पत्र