काठमाडौं। अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा भएको छ ।अर्थ मन्त्रालयका एक सहसचिवका अनुसार शुक्रवार राति अर्थ मन्त्री डा. प्रकाशशरण महतले सरुवा गरेका हुन् ।
अर्थ मन्त्रालयकै वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बराललाई आन्तरिक राजश्व विभागको महानिर्देशकको रूपमा सरुवा गरिएको छ ।त्यसै गरी आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा पठाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेलाई अर्थ मन्त्रालयमा ल्याइएको छ । उनको स्थानमा सेवन्तक पोखरेललाई पठाइएको छ ।मन्त्रालयको प्रशासन महाशाखा प्रमुख महेश आचार्यलाई आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा गरिएको छ ।
नारायण प्रसाद रिसाललाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ माघ २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयका ३० उपसचिवको एकैपटक सरुवा र पदस्थापन (सूचीसहित)
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर