नेविसंघ नेता हरिश देउवाको निधन

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १६ : १८
नेविसंघ नेता हरिश देउवाको निधन

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता हरिश देउवाको निधन भएको छ ।आन्द्राको क्यान्सरबाट पीडित रहेका देउवाको शुक्रवार निधन भएको हो ।

 

एक वर्ष अघिदेखि नै उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउँदै आएका थिए ।

नेविसंघका नेता सुशान्त आचार्यले देउवाको शुक्रवार निधन भएको जानकारी दिए । देउवा नेविसंघको केन्द्रीय तदर्थ समितिका सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस