काठमाडौँ । गृह मन्त्रालयले तीन जना सिडिओको सरुवा गरेको छ । मन्त्रालयले मङ्गलवार अपराह्न सिराहासहितका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई गृह मन्त्रालयमा तान्दै मन्त्रालयका वासुदेव दाहाल सिराहाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
त्यसैगरी सहसचिव रामकृष्ण अधिकारीलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । त्यहाँका प्रजिअ सुरेन्द्र पौडेलको सरुवा भएसँगै लमजुङबाट केही दिन अघि मन्त्रालयमा आएका अधिकारीलाई नुवाकोट पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी