बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरू

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, १६ : ५८
बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरू

काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक शुरू भएको छ ।राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ६ प्रदेशमा कुनै तनाब नभए पनि कोशीमा भने माओवादीकी चम्पादेवी कार्की पराजित भएकी थिइन् ।

 

गठबन्धनले जित्ने मतभार भए पनि उनी पराजित भएपछि माओवादीले गठबन्धनको बैठकमा यस विषयमा समीक्षा गर्नुपर्ने बताउँदै आएको थियो ।

यसैले पनि प्रधानमन्त्रीले राष्ट्रिय सभा सदस्यको निर्वाचनको विषयलाई मुख्य एजेन्डा बनाएर बैठक आह्वान गरेको बालुवाटार स्रोतले जानकारी दिए । माओवादीले मात्रै मात्रै होइन कांग्रेसभित्रै पनि कोशीमा भएको गठबन्धन विरोधी प्रयासको समीक्षा र छानबिन गर्नुपर्ने आवाज उठेको छ । १९ सदस्यमध्ये राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार भने विजयी भएका थिए । 

माओवादीभित्र असन्तुष्टि देखिए पनि तत्काल सत्ता गठबन्धनमा कोशीको विषयले कुनै अप्ठ्यारो नआए पनि अविश्वास भने कायम भएको नेताहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस