उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको हृदयघातबाट मृत्यु

हृदयघातबाट न्यायाधीशको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, १३ : १२
उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको हृदयघातबाट मृत्यु

काठमाडौं। उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको मृत्यु भएको छ ।​ मंगलबार बिहान हृदय घातबाट  उनको निधन भएको पाटन उच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले जानकारी दिए। 

 

रजिस्ट्रार कार्की अनुसार उनलाई हृदयघात भएपछि बिहान साढे ८ बजे कलंकीस्थित नेशनल अस्पतालमा पुर्‍याइएको थियो।उपचारको क्रममा बिहान १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस