झापा । झापाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङका १९ वर्षीय युवक पक्राउ परेका छन्।
मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय आयुष धिमाललाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
गएको आइतबार राति उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उनले गएको शनिबार राति ती किशोरीलाई झापाको मेचिनगर नगरपालिका १२ चारआलीस्थित ‘हट स्मोक क्याफे’ मा लगेर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
किशोरीको स्वास्थ्य परीक्षण र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप