काठमाडौँ । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले तराई-मधेशसँग जोडिएका नेपाल-भारत सिमामा देखा परेका विभिन्न समस्याहरू जस्तै लागुऔषध ओसारपसार, मानव तस्करी, चेलीबेटी बेचविखनजस्ता समस्याहरूलाई न्यूनीकरण गर्न सशस्त्र प्रहरीलाई अनुरोध गरेका छन्।
अध्यक्ष डा. दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई कार्यालयमा बोलाएर सीमामा देखा परेका समस्याहरूसँग सम्बन्धित विभिन्न उजुरी आयोगमा आएको हुँदा त्यस्ता समस्याहरूको समाधानार्थ सशस्त्र प्रहरीको भूमिका आवश्यक रहेको बताएका हुन्।
सो भेटघाटमा अध्यक्ष डा. दत्तले गरिब जनताहरूले भारतबाट दैनिक गुजाराको लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दुःख दिएको गुनासो आयोगमा आएको हुँदा जनतालाई अनावश्यक दुख नदिन पनि महानिरीक्षक अर्याललाई अनुरोध गरेका छन्।
अध्यक्ष डा. दत्तले मानवअधिकारको संरक्षण सबैको साझा दायित्व रहेको समेत बताए। सशस्त्र प्रहरीमा मधेशी समुदायको पहुँच बढाउन समेत आयोग र सशस्त्र प्रहरी बीच समन्वयात्मक भूमिका आवश्यक रहेको उनको भनाइ छ।
भेटघाटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले छिटै आयोगसँग सहकार्य गरी सीमासँग जोडिएका गाउँमा युवा सशक्तीकरणको लागि सीपमूलक तथा सचेतनामूलक कक्षाहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन