काठमाडौं। नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद्को दोस्रो बैठक (सम्मेलन) काठमाडौंको कमलादीमा शुरू भएको छ ।बैठक आइतवार मध्यान्हपछि प्रज्ञा भवनमा शुरू भएको सो पाटीले जनाएको छ ।बैठकको उद्घाटन पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेका हुन् ।

काठमाडौंमा दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजना बनाउन केन्द्रित रहने बताइएको छ ।विशेषगरी एकीकृत समाजवादीले विधान हेरफेर गर्न केन्द्रीय परिषद्को बैठक राखेको हो ।
यसअघि एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
दोस्रो केन्द्रीय परिषद्को बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ माघ २०८०, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?