देशका विभिन्न स्थानमा ६ जना मृत फेला

सफल खबर संवाददाता

शनिबार, १३ माघ २०८०, १६ : ००
देशका विभिन्न स्थानमा ६ जना मृत फेला

काठमाडौँ । देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । भोजपुरको आमचोक गाउँपालिका-३ खाईताङस्थित खोल्सामा सोही नगरपालिका-३ चण्डीडाँडा बस्ने तारा बहादुर खत्रीको छोरी १३ वर्षीया कृष्णा खत्री शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।

 

त्यस्तै पर्साको बहुदरमाई नगरपालिका-७ फुलकौलस्थित फलिया पोखरीमा सोही ठाउँ बस्ने ३० वर्षीय नरेश राम शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रेको पनौती नगरपालिका-५ सुन्दरबस्ती बस्ने ३४ वर्षीय दिपक खत्री आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी उदयपुरको बेलका नगरपालिका-८ बकुन्द्रे खोलास्थित सोही ठाउँ बस्ने ६९ वर्षीय नर बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।  पाल्पाको तानसेन नगरपालिका-१ भुसालडाँडा बस्ने ३५ वर्षीया रीता सोमई आफ्नै घरभित्र शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै बर्दियाको राजापुर नगरपालिका-१० स्थित मझेरा जाने झुलुङगे पुलको तल मधुवन नगरपालिका-२ ओराली बजार बस्ने ३५ वर्षीय सरोज सुनार शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाको आवश्यक अनुसन्धानको लागि ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस