चिसोमा घाम ताप्नुका फाइदा, उच्च रक्तचाप नियन्त्रणदेखि डिप्रेशनको उपचार

सफल खबर संवाददाता

शनिबार, १३ माघ २०८०, १५ : ४८
चिसोमा घाम ताप्नुका फाइदा, उच्च रक्तचाप नियन्त्रणदेखि डिप्रेशनको उपचार

काठमाडौं । अहिले चिसाको मौसम । दिनभरीको अफिस भित्रको बसाईले हामीलाई चिसोले दिग्दारी दिइरहेको हुन्छ । एक्छिन् भएनी पारिलो घाममा बाहिर बसेर आनन्द लिन मन कसलाई नहोला र ? तर अफिसको व्यस्तथा र आफ्नो डियूटीकारण त्यो सबैलाई नजुरेको हुनसक्छ ।

भरसक चिसो मौसममा मिल्छ सम्भव छ भने घरअफिस गर्दा पैदलै हिडेर जानेआउने गर्नाले शरीरलाई फाइदा पुग्छ । त्यति पनि नमिले विदाको दिन शनिबार एक दिन भएपनि घामको न्यानो लिनाले स्वास्थ्यका हिसाबले धेरै फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । तातो प्रदान गर्ने आगो, एसी, हिटर भन्दा घामको तापले हाम्रो शरीरलाई निक्कै नै लाभप्रद हुने उनीहरुको तर्क छ ।

घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ । बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ । जसरी हामीलाई पानीको आवश्यकता पर्छ खानाको आवश्यकता पर्छ, त्यसैगरी घामको पनि आवश्यकता पर्छ ।

जाडोयाममा शरीरलाई तन्दुरुस्त राख्नका लागि मज्जाले घाम ताप्न डाक्टरहरु सल्लाह दिन्छन् ।

जाडोयाममा घाम ताप्दा विभिन्न फाइदा हुन्छ । यसबाट भिटामिन डि प्राप्त हुन्छ । शरीरलाई न्यानो बनाइ राख्न मद्दत गर्छ । शरीरलाई चिसोबाट बचाएर न्यानो प्रदान गर्ने नै हो । यसका साथै घामले व्यक्तिको कार्यक्षमतालाई समेत बढाउँछ । बिहानी समयको घाम त अझ शरीरको रक्तसञ्चारलाई सन्तुलित बनाउन पनि महत्वपूर्ण हुन्छ । घामको न्यानो प्रकाशले शरीरमा रगत जम्ने प्रक्रियालाई रोकेर रक्तसञ्चारलाई चुस्त पार्छ ।

घाममा बस्दा शरीरले अत्यधिक भिटामिन डी ग्रहण गर्ने हुनाले हाडको विकासको लागि सहयोगी बन्छ । त्यसको साथै यसले जोर्नी र चिसोको कारणले हुने शारीरिक दुखाइ पनि कम गर्छ । दिमागलाई तनावमुक्त बनाई रातको समयमा गहिरो निद्रा लिन जाडोको घामले सहयोग गर्छ ।

विज्ञहरुका अनुसार जाडोयाममा हृदयाघातका कारण ज्यान गुमाउनेहरु बढी हुन्छन् । यसका विभिन्न काणहरु हुन्छन् । पहिलो त दिन छोटो हुँदा शरीरको जैविक घडीमा प्रभाव पर्दछ र शरीरमा हर्मोनको असन्तुलन हुनजान्छ । त्यस्तै दिन छोटोे हुँदा घाम ताप्न पाउने समय पनि घट्ने हुनाले भिटामिन डी को कमी हुन्छ । जसका कारण हृदयाघातको जोखिम बढ्दछ ।

नियमितरुपमा घाममा बस्नाले विभिन्नखालका किटाणुको संक्रमणबाट बच्नुका साथै मधुमेही र मुटुरोगीलाई समेत राहत दिन्छ । सौर्यप्रकाश र सग्लो खानेकुराले स्तन क्यान्सरको खतरा घटाउँछ । सूर्यको प्रकाशले हानीकारक ब्याक्टेरियालाई मार्दछ । छालासँग सम्बन्धित जुनसुकै किसिमको समस्याको उपचारमा लाभदायक हुन्छ । सौर्यप्रकाशले कोलेस्टेरोल घटाई प्रजनन् क्षमता बढाउँछ । घामको किरणले उच्च रक्तचापलाई नियन्त्रण गर्दछ ।

सौर्यप्रकाश छालाको भित्रसम्म छिरेर रगत र रक्तवाहन नलीलाई सफा गर्ने काम गर्दछ । सूर्यको किरणले मानव रगतमा अक्सिजनको मात्रा बढाउँछ । स्टामिना, फिटनेस र मांशपेसी विकासमा यसको ठूलो प्रभाव रहन्छ । रोग–प्रतिरोधात्मक क्षमता बढाउँछ ।

घामसँगको नियमित संसर्गले बालबालिकाको शारीरिक एवम् उचाइ वृद्धि गराउँछ । घाम ताप्नाले तनाव वा डिप्रेशनको उपचारमा सहयोगी सावित हुन्छ । स्मरणशक्तिलाई सदाबहार राख्न घामको उत्तिकै महत्व रहन्छ । अझ घामको तापमा शरीरमा तेल मालिस गर्नाले हाम्रो स्वास्थ्यका हिसावले निक्कै लाभप्रद हुन्छ ।
थप सामग्री : https://ehimalayatimes.com/2024/01/195076/

प्रतिक्रिया दिनुहोस