एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, १२ : २५
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । शुक्रबार दिउँसो २ बजेका लागि सचिवालय बैठक बोलाइएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । नेता खतिवडाका अनुसार माघ १४ र १४ मा बस्ने केन्द्रीय परिषद् बैठकमा पेस गर्ने विधान संशोधन मस्यौदामाथि छलफल हुनेछ ।

 

‘जिल्ला तहबाट विधान संशोधन मस्यौदामाथि आएका सुझावहरू कति र कसरी समेट्ने भन्नेबारेमा सामान्य छलफल हो । आजको सचिवालयले अरू खासै ठुलो निर्णय केही गर्दैन’, खतिवडाको भनाइ छ ।

सो पार्टीले माघ १४ गतेबाट विधान संशोधनका लागि केन्द्रीय परिषद् बैठक बोलाएको छ । देशभरका करिब १५ सय प्रतिनिधि सहभागी हुने परिषद् बैठकले प्रस्तावित पार्टी विधानको मस्यौदालाई थप परिष्कृत पार्ने सो पार्टीका नेताहरूले बताएका छन् ।

‘केन्द्रीय परिषद् बैठकले पारित गरेको विधान आगामी जेठमा हुने राष्ट्रिय महाधिवेशनले अनुमोदन गरेर कार्यान्वयनमा जान्छ’, नेता खतिवडाको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस