कोरियन भाषा परीक्षाः रजिस्ट्रेसन नम्बर परिवर्तन

पत्रपत्रिकाबाट

शुक्रबार, १२ माघ २०८०, ०८ : २७
कोरियन भाषा परीक्षाः   रजिस्ट्रेसन  नम्बर परिवर्तन

काठमाडौ । रोजगार अनुुमति प्रणाली (इपिएस) कोरियन भाषा परीक्षाका  लागि  आवेदन  दिएकाहरूको  रजिस्ट्रेसन  नम्बर परिवर्तन भएर आएको छ ।

इपिएस कोरिया शाखाका अनुसार उत्पादनमूलक क्षेत्रका  लागि  आवेदन  दिएकाको  यसअघि  कायम  भएको रजिस्ट्रेसन नम्बर कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले परिवर्तन गरेर पठाएको हो । परिवर्तित नयाँ रजिस्ट्रेसन नम्बर फाराम भर्दाको बेबसाइटमा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने सो शाखाले जनाएको छ ।

सन्  २०२४  मा  उत्पादनतर्फका  लागि  कोरिया  भाषा परीक्षाका लागि एक लाख ६४ हजारभन्दा बढीको आवेदन परेको छ ।

इपिएस शाखाले सबै आवेदकलाई इपिएसको साइटमा पुनः लगइन गरेर आफ्नो रजिस्ट्रेसन नम्बर प्रिन्ट गर्न आग्रह गरेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस