पशु चौपायामा लाग्ने रोगविरुद्धको खोप वार्षिक साढे ५ करोड डोज उत्पादन

सफल खबर संवाददाता

विहीबार, ११ माघ २०८०, १६ : २६
पशु चौपायामा लाग्ने रोगविरुद्धको खोप वार्षिक साढे ५ करोड डोज उत्पादन

काठमाडौँ । नेपालमा पशु चौपायामा लाग्ने रोगविरुद्ध वार्षिक रुपमा साढे ५ करोड डोज खोप उत्पादन हुने गरेको छ । देशभरका पशु चौपायामा लाग्ने १३ किसिमका रोगका लागि साढे ५ करोड डोज उत्पादन हुने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए ।

पशुमा लाग्ने पीपीआर, रानीखेत, स्वाइन फिभर लगायत रोगका विरुद्ध सो खोप उत्पादन गरिन्छ । ढकालका अनुसार साढे पाँच करोड डोज खोपमध्ये ३ करोड खोप किसानलाई निःशुल्क दिइने गरिएको छ । बाँकी रहेको खोप निजी कम्पनीले लैजाने गरेको उनले बताए ।

वार्षिक रुपमा ५० लाख डोज खोप खोरेत रोगविरुद्धको बाहिरबाट ल्याउने गरिएको उनले उल्लेख गरे । नेपालमा खोरेत रोगविरुद्धको खोप उत्पादन गर्नका लागि जनशक्ति नभएको, प्रविधि महँगो पर्ने भएकाले सो खोप उत्पादन गर्न नसकिएको बताए । 

प्रतिक्रिया दिनुहोस