काठमाडौं। सभामुख देवराज घिमिरेसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले बिहीवार भेट गरेकी छिन्। भेटमा हतियार निःशस्त्रीकरणमा राष्ट्रसंघ तथा नेपालले गरेका प्रयासहरू, साना र हलुका हतियारसम्बन्धी कार्य योजना, अन्र्तराष्ट्रिय सन्धि अनुमोदन लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
सो अवसरमा सभामुख घिमिरेले राष्ट्रसंघ, निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिले महासभामा गरेका प्रयास, निःशस्त्रीकरण मामिलाहरूमा राष्ट्रसंघ कार्यालयले गरेका विश्वव्यापी निःशस्त्रीकरण प्रयासको सराहना गरेका थिए ।
‘एसिया–प्रशान्त क्षेत्रीय तयारी बैठकमा भएका छलफलले साना र हलुका हतियारसम्बन्धी कार्य योजनासम्बन्धी चौथो समीक्षा सम्मेलन को सफलतामा ठूलो योगदान पुर्याउने मलाई विश्वास छ,’ उनले भने, ‘यस प्रक्रियामा रचनात्मक योगदान गर्न नेपाल तयार छ ।’
सभामुख घिमिरेले १४ डिसेम्बर १९५५ मा राष्ट्रसंघको सदस्य भएदेखि नै नेपालले उससँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताए । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको हालैको नेपाल भ्रमणले राष्ट्रसंघ र नेपाल दुवैले एकअर्कालाई उच्च महत्व दिएको पुष्टि भएको उनको भनाइ छ ।
सभामुख घिमिरेले नेपाल बुद्ध जन्मिएको देश भएको उल्लेख गर्दै शान्तिपूर्ण समाधान, अन्य राज्यहरूको आन्तरिक मामिलामा धम्की वा बल प्रयोग नगर्ने र हस्तक्षेप नगर्ने सिद्धान्तहरूको समर्थन गर्ने बताए ।
भेटमा राष्ट्रसंघकी उपमहासचिव नाकामित्सुले नेपालको संसद्ले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि र आणविक हतियार निषेध सन्धि अनुमोदन गर्ने विश्वास व्यक्त गरिन्। जवाफमा सभामुख घिमिरेले सरकारसँगको समन्वयमा सन्धि अनुमोदनबारे संसद्ले गृहकार्य गर्ने जानकारी दिए ।
उपमहासचिव नाकामित्सुले नेपाल विश्व शान्तिका लागि योगदान दिने दोस्रो मुलुक र विश्व शान्तिका लागि महिलाहरूको प्रतिनिधित्व गराउने पहिलो मुलुक रहेको बताउँदै शान्ति स्थापनामा गरेको योगदानको कदर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने