विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौँ

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, १० : ५४
विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौँ

काठमाडौँ । विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौँ परेको छ ।

काठमाडौँको हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्सले देखाएको छ । हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा वायु गुणस्तरमा सुधार आउन सकेको छैन ।

भारतको दिल्ली सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । दिल्लीको हावाको गुणस्तर २ सय ८३ एक्यूआइ देखाएको छ । दोस्रो नम्बरमा पकिस्तानको कराँची छ । यहाँको वायु गुणस्तर २ सय ५९ एक्यूआइ छ । यस्तै क्रमशः भारतको कोलकत्ताको २ सय ५६ एक्यूआइ, बंगलादेशको ढाका २ सय १५ एक्यूआइ मापण गरिएको छ ।

बोस्निया र हेर्जेगोभिनाको सरजेबो सहरको १ सय ७७ एक्यूआइ, म्यानमारको योगनको १ सय ७३ एक्यूआइ, पकिस्तानको लाहोर १ सय ७३ एक्यूआइ, भारतको मुम्बई १ सय ७२ एक्यूआइ र मंगोलियाको उलानबाटरको १ सय ७१ एक्यूआइ मापन गरिएको छ । 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस