बंगलादेशमा छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययन गर्न आवेदन माग

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, ०८ : ४४
बंगलादेशमा छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययन गर्न आवेदन माग

काठमाडौ । एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूका लागि बंगलादेश सरकारले छात्रवृत्ति उपलब्ध गराएको छ । सो अनुसार चिकित्सा शिक्षा आयोगले आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको पत्र अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारका लागि शैक्षिक सत्र २०२३ / ४ मा स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिका सिट उपलब्ध गराएको र सोका लागि उम्मेदवार छनौट गरी पठाउन भनी लेखी आएको आयोगको भनाइ छ ।

उक्त छात्रवृत्तिमा अध्ययन गर्न योग्यता पुगेका इच्छुक नेपाली उम्मेदवारहरूले माघ १२ गते भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस