तनहुँ । तनहुँमा आइतबार राति मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ ।
तनहुँ देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.को मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनी ट्रकमा सवार चालकसहित ३ जनामध्ये २ जना घाइतेहरूको उद्धार गरी उपचारको लागी दमौली अस्पतालमा पठाइएको थियो । सोमबार बिहान २:३० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ ।
मृत्यु हुनेमा जिल्ला तनहुँ देवघाट गाउँपालिका-३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् । चालक भने हालसम्म सम्पर्कमा नरहेकोले खोजतलास कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु