मापसे गरेर श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, १३ : ४१
मापसे गरेर श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ

दाङ। दाङमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरी छन्।४२ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको आरोपमा उनलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका पेण्डुवाले स्टिलको रड प्रहार गर्दा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको थियो ।घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी खाद्रे र अस्थायी प्रहरी पोष्ट पर्सनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस