दाङ। दाङमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरी छन्।४२ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको आरोपमा उनलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका पेण्डुवाले स्टिलको रड प्रहार गर्दा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको थियो ।घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी खाद्रे र अस्थायी प्रहरी पोष्ट पर्सनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ