दाङ। दाङको तुलसीपुर–१३ बखरियामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
शनिबार बेलुका घर नजिकैको जङ्गलमा घाँस झार्ने क्रममा रुखबाट लडेर ६५ वर्षीया शितली कुसारीको मृत्यु भएको उनकी जेठी बुहारी पवित्रा कुसारीले जानकारी दिइन्।
बेलुका ७ बजेतिर स्याउला काट्न भनी जङ्गल गएकी शितली अबेरसम्म घर नआएपछि परिवार र छिमेकी जङ्गल खोज्न जाँदा घाइते अवस्थामा फेला पारेका थिए।
उनको तुलसीपुर सिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गर्दैगर्दा उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु