गृह र अर्थ मन्त्रालयमा जान मरिहत्ते गर्छन् सहसचिव

पत्रपत्रिकाबाट

आइतबार, ०७ माघ २०८०, ०७ : ३८
गृह र अर्थ मन्त्रालयमा जान मरिहत्ते गर्छन् सहसचिव

काठमाडौ । शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले अधिकांश  सहसचिवबिच  सरुवाको  रोजाइ  गृह  र अर्थ मन्त्रालय हुने गरेको छ ।

आफूसँग भएको क्षमता र राज्य शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले सहसचिवको रोजाइ गृह र अर्थ मन्त्रालय पर्ने गरेको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका  अनुसार  अधिकांश  सहसचिवको  सरुवाको  पहिलो  रोजाइ  गृह,  अर्थ  मन्त्रालय  र  त्यसपछि उद्योग मन्त्रालय हुने गरेको छ ।

मन्त्रालयको प्रशासन शाखाका प्रमुख भोजराज घिमिरेले सहसचिव सरुवाको माग गर्न आउँदा गृह र अर्थ मन्त्रालय नै माग्ने गरेको बताए । गोरखापत्रमा खबर छ।

 

प्रतिक्रिया दिनुहोस